चितवनमा रेलमार्गको सर्भे गर्न आएको भन्ने ठानेर स्थानीयले एक कारमा आगजनी गरेका छन्।
बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको गुगल म्यापको सर्भे गर्न पुगेको टोलीलाई रेलमार्गको सर्भे गर्न आएको भन्दै स्थानीयले नियन्त्रणमा लिएका थिए।
नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ।
गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगो नियन्त्रणमा आइसकेको छ।
पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो।
स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएको थियो। स्थानीयहरूले संघर्ष समिति नै बनाएर मन्त्रालयसम्म ध्यानाकर्षण गराउँदै आएको थियो।
चितवनमा अहिले पुगेको सर्भे गर्ने टोली गुगल म्यापका लागि सर्भे गर्न पुगेको टोली रहेको खुलेको हो।
*यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ -सम्पादक
तस्बिरहरू: