चौबिस घन्टामा सिन्धुपाल्चोकमा धेरै भारी वर्षा मापन भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चवकको नवलपुर केन्द्रमा पछिल्लो चौबिस घन्टामा १०१.२ मिलिमिटर वर्षा मापन भएको छ।
सिन्धुपाल्चोकै ढुंगेमा ६१ मिलिमिटर, बोल्डेमा ५८.६ मिलिमिटर र बाउनेपाटीमा ५०.२ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै काठमाडौंको पानीपोखरीमा ५४.८ मिलिमिटर, बूढानीलकण्ठमा ४२ मिलिमिटर, कपनमा ३४ मिलिमिटर, सुन्दरीजलमा २३.८ मिलिमिटर वर्षा मापन भएको छ।
पर्वतको कार्कीनेटामा ४५.४ मिलिमिटर, बागलुङको गलकोटमा ४२.२ मिलिमिटर, गुल्मीको आपचौरमा ३८.६ मिलिमिटर, कास्कीको सिकलेसमा ४१.८ मिलिमिटर, ज्यामिरेबारीमा ३०.४ मिलिमिटर, चोम्रोङमा ३५.२ मिलिमिटर, पश्चिम नवलपरासीको देउराली नवलमा ५६.८ मिलिमिटर, सुर्खेतको गोटीकान्डमा ७६.६ मिलिमिटर, दैलेखको डाँडाँ गाउँमा ३०.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
बुधबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
राति बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कर्णाली प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।