जिल्ला पूर्वाधार विकास कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको छ।
यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३ दशमलव ३९ प्रतिशत हो।
उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपूरक गरी जम्मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार पुँजीगततर्फ विनियोजन भएको थियो।
‘चालुतर्फ विनियोजित दुई करोड ३० लाखमध्ये एक करोड ७६ लाख ४६ हजार अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३ दशमलव ४३ प्रतिशत खर्च भएको छ,’ उनले भने।
झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा चार र इलाममा दुई गरी छवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको थियो ।
यसैगरी, गत आर्थिक वर्षमा २६.७३ किमी सडक कालोपत्र, २७.५८ किमी सडक ग्राभेल, १७.५ किमी सडक मर्मत, ३ किमी कच्ची सडक, १.३७ किमी पिसिसी र २.२० किमी सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ।
झापामा दुईवटा बहुवर्षीय सडकको २०.४७ किमी निर्माण सम्पन्न भएको छ।