बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
पाटन नगरपालिका १० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
घर नजिकैको जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको उनले बताए।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।