सिराहाको गोलबजारमा सोमबार एक व्यक्तिको शव फेला परेको छ।
गोलबजार नगरपालिका-१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
मृतक पहिचान खुल्न सकेको छैन।
प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोस्टमर्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए।
उनका अनुसार घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको छ।