काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ।
काभ्रे प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ घर भई पनौती नगरपालिका ५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासलाई श्रीखण्डपुरस्थित खोलाले बगाउँदा मृत्यु भएको हो।
बगाएको ठाउँदेखि करिब तीन सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए।