बिजुलीको लाइन विस्तारका क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
शनिबार बाजुराको बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीका अनुसार बडीमालिका-६ जडनङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा मनबहादुरलाई करेन्ट लागेको थियो।
उनी घाइते भएपछि उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए।