डेंगी सङ्क्रमणका कारण चितवनमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय छन्।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिए।
उनकाअनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए। भर्ना भएको भोलिपल्टै उनको मृत्यु भएको हो।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७२७ जनामा डेंगी संक्रमण देखिएको छ। ३ हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण पुष्टि भएको हो।
सङ्क्रमितमध्ये ५३२ जना चितवनका र अन्य जिल्लाका छन्।