रसुवाको पासाङल्हामु मार्गअन्तर्गत ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरूद्ध हुँदा सवारीसाधन रोकिएका छन्।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार गएरातिको वर्षाका कारण माथिबाट खसेको ढुङ्गा सडक सतहमा अडिएकाले पूर्ण रूपमा बाटो अवरूद्ध भएको हो।
ढुङ्गा अत्यन्तै ठूलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिए।
अत्यधिक वर्षपछि आएको पहिरोसँगैको ढुङ्गाले सडक अवरूद्ध बनेको उनले बताए।
ढुङ्गा फुटाइ सडक सञ्चालन गराउने प्रयास गरिरहेको प्रजिअ खनालले बताए। सडक अवरूद्व भएकाले दर्जनौं सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन्।