इन्द्रजात्रा अर्थात् येँयाः लागि बसन्तपुर क्षेत्रमा तयारी चलिरहेको छ।
इन्द्रजात्राको तयारी स्वरूप बसन्तपुर क्षेत्रमा रथ बनाउने काम भइरहेको हो। अहिले तीन वटै रथहरू बसन्तपुरमा राखिएका छन्।
त्यसैगरी सरसफाइको काम तीव्रताका साथ चलिरहेको छ।
शनिबार इन्द्रजात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने य:सिं भक्तपुरबाट काठमाडौं पुर्याइएको थियो।
यही भदौ ३० गते आइतबार बिहान ८:२६ बजे इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको य:सिं उठाइनेछ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्रामा यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरू हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ।
यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ। इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ।
तस्बिरहरू:
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी