पोखरामा सामान्य घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
पोखरा महानगरपालिका–८ कुँवर टोलमा डेरा गरी बसेका ४२ वर्षीय जहरसिंह कुँवरले आफ्नी ४० वर्षीय श्रीमती राधिका कुँवरको हत्या गरेका हुन्।
हत्या अभियोगमा श्रीमान जहरसिंहलाई डेराबाटै प्रहरीले पक्राउ गरेको छ।
उनले खुकुरी प्रहार गरेको श्रीमती राधिकाको हत्या गरेको कास्की प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए।
‘श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको भनेर हामीले जहरसिंहलाई पक्राउ गरेका छौं, हत्याको कारण सामान्य घरायसी विवाद भनेको छ,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’
खुकुरीको चोट लागेर घाइते भएकी राधिकालाई उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। उनको घाँटी र पेटमा चोट लागेको प्रहरी निरीक्षक जिसीले बताए।