जलवायु न्यायको माग गर्दै युवा-युवतीको समुहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्याली निकालेका छन्।
यस रयालिमा दर्जनौं सहभागीले विभिन्न नारा लेखियको ब्यानर र प्लाकार्डसहित नारा लगाउंदै र्याली निकालेका हुन्।
उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औधोगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपुर्ती तिर्न पर्ने माग गरेका छन्।
विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यांस उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन्।
नेपालमा भएको यो मार्च ग्लोवल विक अफ एक्सन इन साउथ एसियाको सन्दर्भ पारेर पनि आयोजना गरिएको हो।
तस्बिरहरूः
तस्बिरः नेपाल फोटो लाइब्रेरी।