शिक्षा पत्रकार समूहको अध्यक्षमा निर्जला कक्षपति चयन भएकी छन्।
शनिबार भएको १२ औं अधिवेशनले कक्षपतिको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।
वरिष्ठ उपाध्यक्षमा जनक नेपाल, उपाध्यक्षमा नवराज चालिसे चयन भए।
महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा प्रज्ञा तिम्सिना र कोषाध्यक्षमा सबिना बानियाँ चयन भएका छन्।
सदस्यहरूमा सञ्जिव घिमिरे ‘शुभचिन्तक’, हरिसुन्दर छुकां, अमृता बुढाथोकी, रोजिना थापा कार्की, यम बम, भागीरथी पण्डित र कृष्णसिंह धामी चयन भएका हुन्।
अध्यक्ष कक्षपतिले समूहलाई शिक्षा पत्रकारहरूको साझा मञ्चको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन्।
शिक्षा पत्रकार समूह स्थापना कालदेखि नै सार्वजनिक शिक्षाको सुधार, शिक्षामा पहुँच वृद्धि र शैक्षिक अनुसन्धानमा संलग्न रहँदै आएको छ।