नेपाली सेनाको टोलीले संखुवासभामा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको छ।
मंगलबार मादी नगरपालिका-६ स्थित शिरिसेमा शंकास्पद वस्तु फेला परेको हो।
उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यसैगरी बम डिस्पोजल टोलीले मंगलबार नै मादी-६ का स्थानीयहरूलाई आई.ई.डी सम्बन्धी सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको थियो।