काठमाडौंमा डेंगीका बिरामीको संख्या बढेको छ।
असोज सुरू भएयता शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुको आकस्मिक कक्षमा डेंगीका बिरामीको संख्या बढ्दै गएको छ।
आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार अस्पतालमा १० दिनयता डेंगी संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको छ।
‘असोज १ गते ११ जना, २ गते ३ जना, ३ गते जना २३, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भए। जबकी साउन ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगी संक्रमित बिरामी भर्ना भएका थिए,’ उनले भने।
गत पुसयता ११ हजार ५४५ जना संक्रमित र ६ जनाको मृत्यु भएको छ।
तस्बिर: नेपाल फाेटाे लाइब्रेरी