मोरङमा चट्याङले मंगलबार एक जना महिलाको ज्यान लिएको छ।
रंगेली नगरपालिका–९ धनजुवाकी ४५ वर्षीया साक्रो हेमरमको चट्याङले लागेर मृत्यु भएको हो।
मंगलबार दिउँसो धानखेतमा घाँस काट्न गएकी हेमरमको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिए।
खेतमा घाँस काट्दै गरेकी करिब २२ वर्षीया बिनिता हेमरम समेत चट्याङ लागेर घाइते भएकी छन्।
उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।