कैलालीमा साढे ३ किलो चरेशसहित दुई जना पक्राउ परेका छन्।
बुधबार गौरिगंगा नगरपालिका-८ बडैपुरबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा बझाङ केदारस्युँ गाउँपालिका-६ बस्ने २३ वर्षीय गोविन्द धामी र धनगढी उपमहानगरपालिका-३ मा बाजुरा होटल संचालक ४१ वर्षीया मनमति ऐडि रावत छन्।
प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धामीलाई शंका लागेर जाँच गर्दा झोलाबाट २ किलो ७४० ग्राम चरेश बरामद भएको थियो।
अनुसन्धानकै क्रममा प्रहरी बझाङ होटलमा पुग्दा त्यहाँबाट थप ७४० ग्राम चरेश फेला परेको थियो।
उनीहरू दुबै जनालाई चरेशसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।