दाङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
राजपुर गाउँपालिका-२ का २७ वर्षीय रामप्रताप यादव पक्राउ परेका हुन्।
यादवलाई लमहीबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
उनले २२ वर्षीया महिलालाई लमही नगरपालिका-७स्थित बन्गैस्थित करी सामुदायिक वनमा लगेर बुधबार बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।