इमाडोल खोलामा पानीको बहाब बढेपछि सडकमै पानी निस्किएको छ।
शुक्रबार दिनभरि परेको पानीले इमाडोल खोलाको सतह बढेर सडकमै पानी निस्किएको हो।
सडकमा पानी निस्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिन भएको छ।
बागमती नदी किनाराका बल्खुलगायत क्षेत्रका घरमा बाढी पसेको छ। त्यहाँको तरकारी बजार पनि डुबानमा परेको छ।
त्यस्तै साँझ सवा छ बजेतिर वनस्थलीमा खोलाले मोटरसाइकल बगाउँदा एक जना चालक बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
तस्बिरहरूः