जिल्ला प्रशासन कार्यालय काठमाडौंले निरन्तर वर्षाका कारण सडकहरूमा जोखिम बढेकाले सतर्क रहन आग्रह गरेको छ।
शुक्रबारको अविरल वर्षाका कारण थानकोट हुँदै नौविसे-मुग्लिङ-नारायणगढ सडक र बल्खु-दक्षिणकाली-सिस्नेरी सडकमा पहिरोको जोखिम भएकाले सो सडक प्रयोग नगर्नू भन्दै प्रशासन कार्यालयले सूचना पनि जारी गरेको छ।
प्रशासन कार्यालयका अनुसार हाल उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
'सम्पूर्ण सवारी धनी एवं यात्रुहरूलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन तथा यात्रा नगरी यथास्थानमै बसेर सुरक्षित रहन अनुरोध छ,' प्रशासन कार्यालयले भनेको छ।