त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर बगाएको छ।
यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना पर्ने क्षेत्रमा पर्छ।
नदीमा कामका लागि राखिएका अरू टिपर, एक्सकाभेटर र लोडर पनि बगाउने जोखिममा छन्।
यहाँ अझै एउटा वटा टिपर, २ वटा एक्सकाभेटर र एउटा लोडर छन्। यी साधनलाई नदीको पानीले घेरेको छ। पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको छ।
सो स्थानमा मान्छे भने नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।