सरकारले लेबननमा रहेका नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले शनिबार सूचना जारी गरी लेनबननमा रहेका नेपालीहरूलाई सचेत र सतर्क रहन आग्रह गरेको हो।
इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गरी इसराइलले केही दिन यता लगातार लेबननमा आक्रमण गरिरहेको छ। आक्रमणमा लेबननी नागरिकसहित सयौंको मृत्यु भएको छ भने हजारौं नागरिकहरू विभिन्न ठाउँबाट विस्थापित भएका छन्।
शुक्रबार राति इसराइलका प्रमुख कमाण्डरलाई लक्षित गरी इसराइलले लेबननको राजधानी बेरूतमा आक्रमण गरेको थियो।
परराष्ट्र मन्त्रालयले लेबननमा समस्यामा परेका नागरिकहरूलाई कायरोस्थित नेपाली राजदूतावास तथा बेरूतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न भनेको छ।
मन्त्रालयले लेबननमा समस्यामा परेका नेपालीहरूका लागि सम्पर्क व्यक्तिसमेत तोकेको छ।
कायरोमा द्वतीय सचिव दीपक घिमिरेलाई +२०१००२३०५९९७ नम्बरमा र तृतीय सचिव माधवराज काफ्लेलाई +२०१००२५०५९९७ नम्बरमा ह्वाट्सएप मार्फत सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।
त्यस्तै बेरूतमा महावाणिज्यदूत मोहम्मद गोजायललाई +९६१३३०११८१, +९६१७१६८८८२१ र +९६१८१८८३७३१३ नम्बरमा फोन गर्न भनिएको छ।
साथै लेबननमा रहेका नेपालीहरूको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि दूतावासको वेभसाइटमार्फत आवश्यक विवरण उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।