दुई दिनदेखिको अविरल झरीले देशका अधिकांश नदीमा जल सतह बढेको छ।
जल तथा मौसम विज्ञान विभागले अहिले बिहान गरेको अद्यावधिक विवरणअनुसार सुनकोशी नदीले खुर्कोटमा सतर्कताको तह पार परेको छ। खुर्कोट बसपार्क लगायत केही घरहरूमा पानी पस्न थालिसकेको छ। सुनकोसी नदीको जल सतह ९.९५७ मिटर पुगेको छ।
नारायणी नदीको सहायक नदी रिउ खोलाले पनि सतर्कता पार परेको छ। रिउको जल सतह ३.८५४ मिटर पुगेको छ।
हनुमन्ते खोलाले पनि जगातीमा सकर्तता पार परेको छ। हनुमन्तेको अहिलेको जल सतह १३१०.२४४ मिटर पुगेको छ।
हुनुमन्तेले नै कौशलटार पनि डुबानमा पार्न थालिसकेको छ। त्यहाँ हनुमन्तेको जल सतह १२९३.३४३ मिटर छ।
बागमती नदीले गौरीघाटका जल सतह पार गरेको छ। त्यहाँ बागमतीको पानीको सतह २.८५१ मिटर पुगेको छ।
बागमती नदीले खोकनामा पनि खतराको तह पार गरेको छ। त्यहाँ पनि बागमती नदीको सतह २.७२८ मिटिर पुगेको छ।
सुनसरीको दुहबीमा बूढीखोलाले सतर्कताको तह पार गरेको छर बूढीखोलाको अहिलेको पानीको सतह ८६.२९४ पुगेको छ।
पूर्वी राप्तीले पनि खतराको तह पार गरेको छ। रजैयामा राप्तीको जल सतहक ४.२३० मिटर पुगेको छ।
हम्पाचौरमा सुनकोशी नदीको जल सतह १३.४९४ मिटर पुगेर खतारको तह पार गरेको विभागले जनाएको छ।
कर्मैयामा बागमती नदीले खतराको पार गरेको विभागले बताएको छ। त्यहाँ बागमती नदीको जल सतहक ७.५४८ मिटर छ।
झरुवारासीमा कोड्कु नदीले डुबान थालेको छ। त्यहाँ कोड्कुको जल सतहक १३३४.९४८ मिटर छ।
लालबकैयाले पनि जल सतह पार गरेको छ। बालकुमारीमा मनोहराले डुबान सुरु गरिसकेको विभागले जनाएको छ।
सप्तकोसी नदीले चतरामा खतराको तह पार गरेको छ। चतरामा सप्तकोसी नदीको सतह ७.३३३३ मिटर छ।
मुलघाट, त्रिवेणीमा तमोर नदीले पन जल सतह पार गरेको छ। मूलघाटमा ७.१३१ र त्रिवेणीमा तमोर नदीको जलसतहक ११.८७७ मिटर पुगेको छ।
सिम्लेमा पनि तमोरले जल सतह पार गरेको छ। त्यहाँ तमोर नदीको जल सतह १२.१९२ मिटर पुगिसकेको छ। महेशपुरमा पर्सा खोलाले सतर्कताको तह पार गरेको छ।
देवघाटमा नारायणी नदीले खतराको तह पार गरेको छ। नारायणी नदीको जल सतह अहिले १०.८२३ मिटर पुगेको छ।
यी नदीको तटीय क्षेत्र अत्यन्त जोखिममा रहेकाले सुरक्षित स्थानमा जान प्रशासनले अपिल गरिरहेको छ।