काठमाडौंमा शुक्रबारदेखिको वर्षाका कारण खोला तथा नदीमा बाढी आएको छ।
बागमती नदीमा बाढी आउँदा तटीय क्षेत्र डुबानमा परेको छ।
चोभारको जलविनायक मन्दीरमा बाढी पसेको छ।
बाढीका कारण जलविनायक मन्दिर जलमग्न भएको छ। जलविनायक मन्दिरको छेवैबाट ठूलो बाढी आएको छ।
काठमाडौंमा शनिबार साँझैसम्म पानी पर्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्क रहन भनिएको छ।
तस्बिरहरूः