गतवर्ष पक्की पुल बगेपछि पाँचथरको हेवाखोलामा हालिएको बेलिब्रिज शनिबार फेरि बाढीले बगाएको छ।
मेची राजमार्ग अन्तरगत फिदिम र हिलिहाङ जोड्ने हेवाखोलाको बेलिब्रिज बाढीले बगाएको फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए।
बाढीले बेलीब्रिज बगाए पछि पाँचथरको हिलिहाङ,याङवर र ताप्लेजुङतर्फको यातायात पुर्णरूपमा बन्द भएको छ।