कोशी प्रदेशको पहाडी जिल्लाहरूमा बाढीपहिरोले मानवीय क्षति बढेका बेला भौतिक क्षति पनि बेहिसाब बढाएको छ।
शनिबार बिहान पाँचथरको हेवाखोलाको पुल बाढीले बगाएको छ भने धनकुटा क्षेत्रका विभिन्न सडक पहिरोले थुनेर अवरूद्ध पारेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धनकुटाको भेडेटारबाट पाँचथरको रवि र राँके जोड्ने सडकको धेरै ठाँउमा पहिरो खसेको छ। यसले उक्त सडकमा यातायात अवरूद्ध बनेको छ।
यसबाहेक तमोर करिडोर सडक खण्डमा पनि धेरै ठाउँमा पहिरोले अवरोध सिर्जना गरेको छ।
निर्माणाधीन अवस्थाका यी सडकहरूमा पहिरो पनि खस्दा यात्रु बाटैमा अलपत्र परेका छन्।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले अवरूद्ध बाटो खुलाउने प्रयास बाक्लो झरीले सम्भव हुन सकेको छैन।