लगातारको भारी वर्षाले सप्तकोशीमा जलसतह अत्यधिक खतराको बिन्दुमा पुगेको छ।
सप्तकोशी नदिमा बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ।
अहिले केहीबेर अघि कोशीमा पानीको बहाव ४ लाख ९४ हजार क्युसेक मापन भएको छ।
कोशी बराजस्थित प्रशासनले दिएको जानकारी अनुसार कोशिमा उच्च जोखिमको अवस्था छ। त्यसैले ५६ व्टै ढोका खोलिएको हो।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ।
पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।