काठमाडाैंको चन्द्रागिरि नगरपालिका-२ मसिनेमा पहिराेले घर पुरिँदा दुई जनाकाे मृत्यु भएकाे छ।
शनिबार बिहान माथिबाट आएकाे पहिराेले गर्वे तामाङकाे घर पुरिएकाे प्रहरी वृत्त थानकाेटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा तामाङसहित उनकी श्रीमती ३६ वर्षीया सविना तामाङ छन्।
पहिराेमा परेर उनकी आमा ठूलीमाया तामाङ र छाेरी विनिसा तामाङ घाइते छन्।
घाइते उनीहरूकाे एपिएफ अस्पताल सतुङ्गलमा उपचार भइरहेकाे प्रहरी जनाएकाे छ।