देशका अधिकांश भूभागमा लगातार वर्षा भइरहेको छ।
मनसुनी वायु र भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
पछिल्लो १२ घन्टामा बागमती प्रदेशका जिल्लाहरूमा बढी पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार १२ घन्टाको अवधीमा बागमती प्रदेशका अधिकांश जिल्लाहरूमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
महाशाखाका अनुसार काभ्रेको पनौतीमा १७३ मिलमिटर, मण्डनमा १०८ मिलिमिटर, बाहुनेपाटीमा ११२ मिलिमिटर, काठमाडौंको बबरमहलमा १२६ मिलिमिटर, ललितपुरको खुमलटारमा १६९ मिलिमिटर, कीर्तिपुरमा १०९ मिलिमिटर, गोदावरीमा १६९ मिलिमिटर,बूढानीलकण्ठमा १०५ मिलिमिटर, पानीपोखरीमा ११५ मिलिमिटर, हेटौंडामा १५९ मिलिमिटर, दामनमा १५९ मिलमिटर वर्षा मापन भएको छ।
इलामको राकेमा १३८ मिलिमिटर, धनकुटाको मूलघाटमा १२२ मिलिमिटर, बाराको कोल्भीमा १२२ मिलिमिटर, चितवनको कल्याणपूरमा १२२ मिलिमिटर, काली खोलामा १४४ मिलिमिटर, रूपन्देहीमा १०२ मिलिमिटर वर्षा भएको छ।
अन्य स्थानहरूमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार दिनैभरि वर्षा हुने र अपराह्नपछि केही रोकिन सक्ने पूर्वानुमान गरेको छ।