बिहीबारदेखि निरन्तर वर्षापछि देशका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुगेको छ।
काठमाडौं उपत्यकामा मात्रै २३ जनाको ज्यान गइसकेको छ। कतिपय मानिसहरू अझै बेपत्ता छन्। खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटिएर उद्धार गरिरहेका छन्।
यसैबीच मुख्य राजमार्गहरू समेत पहिरोले अवरूद्ध छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशभर ३७ वटा राजमार्गहरू अवरूद्ध छन्।
कतिपय राजमार्गहरू सञ्चालनमा आएका छन् भने कतिपय एकतर्फी सञ्चालनमा छन्।
तस्बिरहरू: