काठमाडौं उपत्यकामा बाढी-पहिरोले ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार मृतकको संख्या ३२ पुगेको हो।
काठमाडौंमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना गरी जम्मा ३२ जनाको मृत्यु भएको एसएसपी घिमिरेले बताए। यो अपडेट १:५५ बजेसम्मको हो।
यस्तै, काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते छन्।
बाढी-पहिरोमा फसेका काठमाडौंका ५८९ जना, ललितपुरका ४१६ जना र भक्तपुरमा ४८ जना गरी १०५३ जनाको उद्धार भएको एसएसपी घिमिरेले जानकारी दिए।
त्यस्तै काठमाडौंमा एक जना र ललितपुरमा ११ जना बेपत्ता छन्।
अहिले काठमाडौं उपत्यकामा मात्रै साढे ४ हजार बढी सुरक्षाकर्मी परिचालन छन्।