सप्तकोशीमा जलसतह ३७ वर्षयताकै उच्च तहमा पुगेको छ।
शनिबार सप्तकोशीमा पानीको बहाव ३७ वर्षयताकै उच्च तहमा पुगेको कोशी ब्यारेज प्रशासनले जानकारी दिएको छ।
शनिबार दिउँसो १२ बजे सप्तकोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक पुगेको थियो। ३ बजेपछि बढेर ५ लाख २१ हजार पुगेको कोशी ब्यारेज प्रशासनले जनाएको छ।
यस अघि सन् १९८७ मा ५ लाख २३ हजार ७७१ जलसहत क्युसेक रेकर्ड भएको थियो।
अघिल्लो वर्ष सप्तकोशीमा सबैभन्दा बढी ४ लाख ४० हजार क्यूसेक बहाव पुगेको थियो।
यसअघि १९८९ मा सप्तकोशीको ४ लाख ७२ हजार क्यूसेक पुगेको थियो। त्यसभन्दा अगाडि १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको तथ्यांकमा उल्लेख छ।
सप्तकोशी नदीमा जलसतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।