काठमाडौंमा बाढी-पहिरोमा ज्यान गुमाउने १० जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मृतक १० जनाको सनाखत भएको हो। एक जनाको सनाखत हुन बाँकी नै छ।
दक्षिणकाली नगरपालिका-८ का ४३ वर्षीय भविन्द्र लिम्बू, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीय मनु तामाङ, दक्षिणकाली-९ टल्कु बस्ने ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी र दक्षिणकाली-७ बस्ने ५० वर्षीया देवी लिम्बूको मृत्यु भएको हो।
त्यस्तै, सप्तरी घर भई काठमाडौं महानगरपालिका-६ इचंगुनारायण बस्ने ४० वर्षीय सचिन शाह, चन्द्रागिरि नगरपालिका-२ मसिने बस्ने ३८ वर्षीय गर्व तामाङ र उनकी ३६ वर्षीया श्रीमती सबिना तामाङको मृत्यु भएको हो।
अर्घाखाँचीका २४ वर्षीय अजय पाण्डेको कीर्तिपुरमा मृत्यु भएको हो।
कालिमाटी क्षेत्रमा ज्यान गुमाएका अन्दाजी ४० वर्षीय पुरूषको भने सनाखत हुन बाँकी छ।