धादिङको झ्याप्ले खोलाको पहिरोमा थप पाँच जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आइतबार दिउँसो १:५० बजे बस भित्रबाट थप पाँच जनाको शव फेला परेको हो। योसँगै आइतबारमात्रै २१ जनाको शव फेला परेको हो। पछिल्लो पटक भेटिएका पाँचै जना पुरूष छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ।
८ वटा शवलाई काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पताल ल्याइएको छ। अन्य बाँकी शव लिन शववहान घटनास्थलतर्फ जाँदै गरेको एसपी अधिकारीले बताए।
यस्तै शनिबारमात्रै सोही ठाउँबाट हायस र बसबाट १४ वटा शव निकालिएको थियो।