बाढी पहिरोका कारण काभ्रेपलाञ्चोकमा ३१ जनाको मृत्यु भएको छ।
बिहीबार रातिदेखि परेको वर्षाले काभ्रेजिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ३१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए।
'विद्युतीय अवरोध भएकाले अझै तथ्यांकहरू समेट्न सकिएको छैन,' उनले भने, '४२ जना घाइते भएका छन्।'
उनका अनुसार घाइतेभएकाहरूको धुलिखेल र स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले अहिलेसम्म अलपत्र परेका ९४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेको छ।