बिहीबारदेखि परेको अविरल वर्षाका कारण काभ्रेका विभिन्न ठाउँमा अलपत्र परेकाहरूलाई उद्धार गरिएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट आइतबार उनीहरूलाई उद्धार गरिएको हो।
उद्धार गरिएकाहरूलाई धुलिखेल अस्पतालमा ल्याइएको छ।
काभ्रेका विभिन्न स्थानमा गएको बाढीपहिरोमा ३१ जनाको मृत्यु भएको थियो।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री पनि लगिएको स्थानीय प्रशासनले जानकारी दिएको छ।
बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा रोशी खोलाले सडक बगाएपछि बीचमा अलपत्र परेका यात्रु र वडा नम्बर १, २ र ३ का बाढी पहिरोबाट विचल्लीमा परेका नागरिकलाई तत्कालका लागि हेलिकप्टरमार्फत राहत सामग्री पनि लगिएको छ।
तस्बिरहरू: