हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ती प्रणालीको प्रभावले बिहीबार बिहान मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।
महाशाखाले आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ।
त्यस्तै गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहीबार राति पनि कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।