कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ।
लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको हो।
कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।
जोशीका अनुसार प्रहरीले अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।