दाङमा प्रहरीले दुई लाख रूपैयाँ बराबरको पटका नष्ट गरेको छ।
तुलसीपुर बजार र प्रहरी पोष्ट दमारगाउँले चेकजाँच गर्ने क्रममा बाँकेबाट ल्याउँदै गरेका पटका इलाका प्रहरी कार्यालयले तुलसीपुरले नष्ट गरेको हो।
पटका पड्काउँदा बालबालिकाको अंगभंग वा मृत्युसमेत हुनसक्ने खतरालाई न्यूनिकरण गर्न पटका नष्ट गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए।
'पटकाहरू पट्काउँदा आगलागी हुनसक्ने डरले कम प्रयोग गर्न अभिभावकहरूलाई आग्रह गरेका छौं,' इन्स्पेक्टर थापाले भने।