सल्यानमा गुडिरहेको गाडीमा आफै आगो लागेको छ। आगोले गाडी जलेर पूर्ण रूपमा नष्ट भएको छ।
थारमारे दार्मा जोड्ने सडक खण्ड अन्तरगत बागचौर नगरपालिका – १ चारखोला नजिकै गुडिरहेको गाडीमा आगो लागेको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले आगलागी भएपछि सबै यात्रु सकुशल निस्किन सफल भए पनि उनीहरूका सरसामान जलेर नष्ट भएको जानकारी दिए।
बाँकेको नेपालगञ्जबाट रूकुम पश्चिमको चौफा तर्फ जाँदै गरेको भे १ ख ३७५० नम्बरको गाडीमा बेलुकी ६ बजेतिर आगलागी भएको थियो।
डिएसपी न्यौपानेका अनुसार गाडीमा २९ जना सवार थिए। घटनास्थल जिल्ला प्रहरी कार्यालय खलंगाबाट ७ किलोमिटर उत्तरमा पर्छ।