धादिङमा दुई वटा बस आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा ४ ख ४४७६ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा ५ख ३४९५ नम्बरको बस आपसमा ठोकिएका हुन्।
गजुरी गाउँपालिका-६ स्थित बुधबार साढे ११ बजे दुई बस ठोक्किएको जिल्ला प्रहरी कार्यालयका धादिङका एसपी दिपेन्द्र शाहीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका १२ जनामध्ये दुई जनालाई उपचारका लागि काठमाडौं पठाइएको एसपी शाहीले बताए। बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
'बस ओभरटेक गर्ने क्रममा ठोक्किएको हुनसक्छ,' एसपी शाहीले भने।
यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।