नक्कली नोटमा चाँदीको लेपन लगाएर कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भक्तपुर नगरपालिका-७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई पक्राउ गरेको होबिन्द्र बोगटीले जानकारी दिए।
उनी इन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक हुन्।
काठमाडौं उपत्यकामा एक हजार र ५ सय दरका नक्कली नोटहरूमा चाँदीको लेपन लगाएर लेमिनेशन गरी कारोबार गरिरहेको सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको टोलीले सूर्यविनायक नगरपालिका-८ सिपाडोलबाट शाक्यलाई पक्राउ गरेको हो।
उनीबाट एक हजारको ११३ वटा र ५ सयको २८ वटा खोटा मुद्रा बरामद गरेको हो।
शाक्यले राष्ट्र बैंकबाटै जारी भएजसरी अनाधिकृत रूपमा नक्कली नोटमा चाँदीको लेपन लगाएर लेमिनेशन गरी बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको एसपी बोगटीले बताए।