संखुवासभाको चिचिला गाउँपालिकामा आइतबार एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ।
चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो।
चिचिला–३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको बताए।
शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरू गरिएको उनले जानकारी दिए।
शव हाल पोस्टमर्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ।
हत्यामा संलग्न आरोपमा चिचिला–३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।