कैलालीमा बोक्सी भन्दै अमानविय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
टिकापुर नगरनगरपालिका-९ का विपत चौधरीलाई बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।
सोही ठाउँका मात भनिने सुनिल मिस्त्री, उनकै देउरानी पर्ने हिरामोती चौधरी र लाली चौधरी लाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।
उनका अनुसार हिरामतीकी १४ वर्षीया छोरी बिरामी परेकी थिइन्। उनलाई झारफुकका लागि लग्दा बोक्सी लागेको भनेपछि विवाद सुरू भएको थियो।
'बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने, कपाल काटिदिने गरेपछि विपत प्रहरीमा आउनु भएको हो,' डिएसपी बोहराले भने, 'जाहेरी परेसँगै हामीले तीनै जनालाई पक्राउ गरेका छौं।'
प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ।