काठमाडौंको न्युरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोक क्षेत्रसम्म फुटपाथको बीचमा रहेका बिजुलीको पोल र तार हटाउने काम धमाधम भइरहेको छ।
काठमाडौं महानगर र नेपाल विद्युत प्राधिकरणले संयुक्त रूपमा तार हटाउने काम गरिरहेको छ।
सबै तारहरू भूमिगत गरेर सेवा सञ्चालन गरेसँगै बिहीबार प्राधिकरणले तार र पोलहरू हटाउने काम अगाडि बढाएको नगर प्रहरी ईश्वर वाग्लेले जानकारी दिए।
'अहिले तार र पोल हटाउने काम भइरहेको छ,' उनले भने।
प्राधिकरणले ती क्षेत्रमा यसअघि नै विद्युतीय तार भूमीगत गरिसकेको छ।
'सबै सुविधाहरू भूमिगत गरिएका तारहरूबाटै नै उपलब्ध गराएको छ। कुनै सुविधा काटिएको छैन,' वाग्लेले भने।
गुजुमुजु र यत्रतत्र तार हटाइएसँगै न्यूरोड क्षेत्र अझै खुलेको छ।
तस्बिरहरूः
-ink-1731563764.jpeg)
-ink-1731563764.jpeg)
-ink-1731563764.jpeg)
-ink-1731563764.jpeg)
-ink-1731563764.jpeg)
-ink-1731563762.jpeg)
-ink-1731563763.jpeg)
-ink-1731563763.jpeg)
-ink-1731563763.jpeg)
-ink-1731563762.jpeg)
-ink-1731563762.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।