तनहुँ बस दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।
पृथ्वीराज राजमार्ग सडक खण्डमा पोखराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस र काठमाडौंबाट पोखराबाट जाँदै गरेको जिएए ००७० नम्बरको बस बन्दीपुर गाउँपालिका वडा नम्बर ५ गोरे चौतार घुम्तीमा आपसमा ठोक्किएको थियो।
आइतबार दिउँसो ३:४० बजे बस आपसमा ठोक्किँदा कास्की चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँको डिएसपी अशोक थापाले जानकारी दिए।
'उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो,' उनले भने, 'घाइतेको संख्या ३० पुगेको छ।'