शनिबार काठमाडौंको महाराजगन्ज क्षेत्रमा चार घन्टा विद्युत् अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको बासबारी फिडर र मण्डिखाटार फिडर अन्तर्गतका स्थानहरूमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।
बसुन्धारा फिडर अन्तर्गत चक्रपथ, सामाखुशी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्रान्डी अस्पताल क्षेत्र लगातका ठाउँहरूमा विद्युत् अवरूद्ध हुनेछ।
त्यस्तै मण्डिखाटार फिडर अन्तर्गतका बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार लगायतका क्षेत्रमा विजुली अवरूद्ध हुनेछ।
ती स्थानमा केबल रेइजिङ र अन्डरग्राउन्ड प्रोजेक्ट कार्यका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
निर्धारित काम समयअघि नै सकिए दुई बजेभन्दा पहिल्यै विद्युत सेवा सुरू हुने प्राधिकरणले सुचनामार्फत भनेको छ।