मकवानपुरको भिमफेदीमा फसेका चार जनाको सेनाले उद्धार गरेको छ।
मंगलबार काठमाडौंबाट भिमफेदी गाउँपालिका-८ स्थित लटरम्मेश्वर महादेव मन्दिरमा दर्शन गर्न गएका चार जना दर्शनार्थीहरू फसेका थिए।
मन्दिर जानेक्रममा पहिरो जाने ठाउँमा फसेका थिए।
उनीहरू फसेको खबर पाएपछि सेनाको टोलीले उनीहरूको उद्धार गरेको हो।