‘दाह्री ग्याङ’ले नवौं वार्षिकोत्सव मनाएको छ। सामाजिक सञ्जालमार्फत् आबद्ध भएको समूहले मंगलबार नवौं वार्षिकोत्सव मनाएको हो।
‘दाह्री ग्याङ’ले काठमाडौंमा साइबर सुरक्षासम्बन्धी सचेतना, दन्त परीक्षण, सुलेखन कला कार्यक्रम आयोजना गरेर रचनात्मकरूपमा वार्षिकोत्सव मनाएको संस्थाले जनाएको छ।
रूपन्देहीमा वृक्षरोपण तथा सन्ध्याकालीन भजनकीर्तन गरेर मनाइएको छ। नवलपरासीमा संस्थाले रक्तदान आयोजना गरेको थियो।
पोखराको ‘दाह्री ग्याङ’ले हिमालयन एनिमल रेस्क्यु ट्रस्टमा आवश्यक खाद्यान्न र मेडिकल सामाग्री प्रदान गरी वार्षिकोत्सव मनाएको छ।
धनगढीमा सडकका कुकुर तथा चौपायालाई खाद्य उपलब्ध गराइएको थियो। त्यस्तै रोयल जोरायल क्लबसँग मैत्रीपुर्ण फुटसलको आयोजना गरिएको संस्थाले बताएको छ। ‘दाह्री ग्याङ’ झापा र झापा ब्लड डोनर सोसाइटीबीच मैत्रिपूर्ण क्रिकेट स्पर्धा भएको थियो।
दाङको घोराही, सप्तरीको फत्तेपुर, नवलपरासी, मोरङको पथरी शनिश्चरे, दोलखा, गोरखा, कञ्चनपुरलगायत विभिन्न ठाउँमा वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको थियो। देशबाहिर बेलायतको लण्डन र प्रेस्टोनमा पनि कार्यक्रम गरिएको दाह्री ग्याङले बताएको छ।