कर्तव्य ज्यान मुद्दामा फरार व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन्।
काभ्रे महाभारत गाउँपालिका-३ का ३७ वर्षीय विरमान सिं भुलन तामाङ १६ वर्षपछि पक्राउ परेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुर महानगरपालिका-२६ बाट पक्राउ गरेको हो।
उनले २०६६ मंसिर २६ गते राति साढे १२ बजे बा १ ज ९१४ नंम्बरको ट्याक्सी चालक रोशी गाउँपालिका वडा-४ का २५ वर्षीय मेघबहादुर तामाङको हत्या गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार विरमानले मेघलाई ठमेलबाट कोटेश्वर जानु छ भनि भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१६ नरेफाँट पुर्याएर ट्याक्सीमा सवार चार जनाले घाँटीमा गलबन्दीले कसी खुट्टा बाधि हत्या गरेका थिए। उनीहरूले चालकको मोबाइल र पैसा लुटेर फरार थिए।
'उनीहरूलाई जिल्ला अदालत भक्तपुरले २०७८ भदौं ३ गते २० वर्ष कैद सजाय सुनाएको थियो, उनी फरार थिए,' एसपी आचार्यले भने, 'बिहीबार पक्राउ गरेर थप अनुसन्धानका लागि भक्तपुर पठाइएको छ।'